एमबीबीएस र बीडीएसमा भर्ना नलिने निजी मेडिकल कलेज सञ्चालकहरुको घोषणा



काठमाडौँ ।  निजी मेडिकल कलेज सञ्चालकहरुले यथास्थितिमा एमबीबीएस र बीडीएसको कक्षा सञ्चालन गर्न नसक्ने बताएका छन् । उनीहरुले सांकेतिक रुपमा कलेजको साँचो सरकारलाई बुझाएको समेत जानकारी दिएका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएशन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालले जारी विज्ञप्तीमा सरकारको एक पछि अर्को गर्दै गरिएका अव्यहारिक निर्णयबाट निजी मेडिकल कलेज सञ्चालन हुन नसक्ने उल्लेख छ ।

दुई पेज लामो विज्ञप्तीमा उनीहरुले कलेजको सिट, विदेशी विद्यार्थी र शुल्कको बारेमा आफुहरुको असहमति व्यक्त गरेका छन् ।

एसोसिएशनका अध्यक्ष बसुरुद्धिन अन्सारीले सरकारले निजी मेडिकल कलेजको योगदानलाई विर्सेर एक पछि अर्को प्रहार गर्दै गईरहेकोले आफूहरु बाध्य भएर नयाँ भर्ना लिन नसक्ने अवस्थामा पुगेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति

एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब

काठमाडौं ।  बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

राजतन्त्र पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको