म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना


म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरेका छन् ।

त्यस अवसरमा उनले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गरे ।

मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार एकाइबाट एक सय ३० परिवार लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दाले रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौर पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ । यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको थियो ।