काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र हलिउड अभिनेता रिचर्ड गरेबीच भेटवार्ता भएको छ । काठमाडौँमा भएको भेटमा उनीहरुबीच नेपालको पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ ।
उनी अभिनयसँगै मानवअधिकार र सामाजिक अभियानमा सक्रिय गेरे तिब्बती समुदायको अधिकार तथा दलाई लामाका समर्थकका रूपमा पनि परिचित छन्। नेपालको बौद्ध संस्कृति र तिब्बती समुदायसँग उनको लामो सम्बन्ध रहँदै आएको छ। गेरे सन् १९७८ मा पहिलोपटक नेपाल आएका थिए।
त्यसयता सन् २००७ मा तिब्बती शरणार्थी समुदायसँग सम्बन्धित विषयमा चासो राख्दै काठमाडौं आएका उनी सन् २०१० मा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी अभियानका क्रममा पनि नेपाल आएका थिए । सन् २०११ मा समेत उनले निजी भ्रमण गरेका थिए । नेपालसँग लामो समयदेखि सम्बन्ध जोडिएका गेरेको पछिल्लो भ्रमणलाई पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले पनि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया