तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार, कार्यकर्ता भेटघाट तथा वडा तहका अधिवेशनलाई तीव्रता दिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन भइरहेका छन् ।
रास्वपा तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा संगठनात्मक कार्यक्रमहरू भइरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा जिल्लाको राजनीतिक गतिविधि बढेको र पार्टीप्रति जनताको आकर्षण बढिरहेको उनले बताएका छन्।
श्रेष्ठले पार्टीको संगठनलाई वडा तहसम्म विस्तार गरी व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिए। उनका अनुसार अधिवेशन हुन बाँकी वडाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी छ।
वडा तहका संगठनलाई सुदृढ बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि पार्टीलाई तयार पार्ने उद्देश्यले भेटघाट तथा संगठनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको श्रेष्ठको भनाइ छ।
बाँकी वडाका अधिवेशन सम्पन्न भएपछि जिल्लाका स्थानीय संरचनालाई थप व्यवस्थित बनाउँदै संगठन विस्तारका गतिविधिलाई निरन्तरता दिने रास्वपा तनहुँले जनाएको छ।

प्रतिक्रिया