जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौँ । सरकारले जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित उच्चस्तीय जाँचबुझ आयोगको अवधि एक महिना थप गर्ने निर्णय गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो । त्यस्तै बैठकले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।