नेप्सेमा ४ अर्ब ८३ करोडको कारोबार


काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । शुक्रबार नेप्से १७.१५ अंकले बढेको हो । बजार बढेसँगै आज कारोबार रकम पनि बढेको छ ।

बिहीबार ३ अर्ब ९३ करोड मूल्य बराबरको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड २९ लाख ५ हजार कित्ता शेयर ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँमा किनबेच भएको छ । 

कारोबारमा आएकामध्ये १८० वटा कम्पनीको मूल्य बढ्दा ८९ वटाको घट्यो । कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले २१ करोड मूल्य बराबरको शेयर कारोबार गरेको छ ।