सुन तोलाको दुई लाख ९४ हजार ८००


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।