काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया