सुन तोलाको एक लाख ९० हजार ८०० रुपैयाँ
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा एक हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा बेचबिखन भइरहेको छ । बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।