तोलामा एक हजार सात सयले बढ्यो सुन



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबार तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

पौवादुङमा लोभलाग्दो अकबरे खुर्सानीखेती, बिक्रीबाट वार्षिक १८ करोड आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

-सङ्गीता राई, धरान (सुनसरी) । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो

मधेस प्रदेशमा नौ महिनामा जीवन बीमाबाट ११ अर्ब १६ करोड सङ्कलन

वीरगञ्ज। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन