शेयर बजारमा सामान्य गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य घटेको छ । आइतबार नेप्से ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३२२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नम्बर

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

कस्की। पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको