उत्पादन घटेपछि बढ्यो अण्डाको माग



चितवन। गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ। गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र संख्या दुवै घट्ने गर्दछ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ। मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन्।

पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउँछन्। उनले भने, “अझै अण्डाको उत्पादन घट्दै जाने छ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए। चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनी बताउँछन्।

उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको संख्या घटेको हो। विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउँछन्। माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ।

अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रु चार सय ६०, ठूलोको रु चार सय ३५ र मिडियमको तीन सय ८५ कायम गरिएको छ। बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो।

गत वर्ष प्रतिक्रेट (३० गोटा) को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० मा झरेको थियो। मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ पर्न आउँछ। अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ। अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ। उनले भने, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसदमा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

काठमाडौँ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत

त्रिशूली। नेपाली कांग्रेसका प्रवक्ता  डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न