काठमाडौं महानगरको दोस्रो सीप मेला जेठ पहिलो साता



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ ।

अघिल्लो वर्षझैँ टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए ।

सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने प्रमुख शाहको धारणा रहेको छ ।

पन्ध्र हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०–८१ देखि महानगर गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कामपाले कार्यान्वयनमा ल्याएको छ ।

सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको पनि प्रमुख शाहले जानकारी दिए ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए । मेलाबाट विभिन्न विधामा दुई हजार ८१ जना युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

रोजगार र स्वरोजगारमा आबद्ध नभएका र कामपाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीसँग सहकार्य गरेर कामपाले अन द जब ट्रेनिङ गराइरहेको छ । आन्तरिक रूपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउनु मेलाको लक्ष्य रहेको कामपाको भनाइ रहेको छ ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिकस्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।

गएको वर्ष तालिम लिन नपाएका कामपामा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिहरूलाई तालिमका लागि प्राथमिकतामा राखिएको छ ।

यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५० रूपैयाँ र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

वित्तीय क्षेत्रको प्रभावकारिताका लागि सुपरीवेक्षकीय क्षमतामा जोड दिन्छौंः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको