शेयर बजारमा सात अर्ब ५७ करोडको कारोबार



 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।

आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ५७, विकास बैङ्क शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ३४, लघुवित्त शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको रु ८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नम्बर

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

कस्की। पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको