संसदमा दर्ता भएको १९ महिनापछि प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाडौं । भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
संसदमा दर्ता भएको १९ महिनापछि प्रतिनिधिसभाबाट विधेयक बहुमतले पारित भएको हो । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते दर्ता गराएका थिए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । अर्थ समितिबाट पारित भएर विधेयक २०८१ वैशाख १४ मा सभामा गएको थियो ।
अर्थमन्त्री पौडेलले विधेयकले कानुनी मान्यता पाएर कार्यान्वयनमा गएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे ।