दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्याकुरेल



काठमाडौं । अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताएका छन् ।

इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्थिरता र वित्तीय समावेशीकरण नीतिगत समाधानको रूपमा अनुसन्धान शीर्षकमा आयोजित बहस सत्रमा अर्थशास्त्री प्याकुरेलले भने, ‘वित्तीय पहुँच र समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको महत्व औँल्याउँदै दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको छ ।’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी, काठमाडौँ फिनटेकका संस्थापक डा सञ्जीव सुब्बालगायत उपस्थित बहस सत्रले नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरण र स्थिरताको भूमिका स्पष्ट पार्दै नीतिगत दिशानिर्देशहरू तयार पार्न महत्वपूर्ण सुझाव प्रदान गरेको छ ।

त्यस अवसरमा, इम्बार्क कलेजका प्रिन्सिपल डा स्टिफन ड्रिभर, कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

पौवादुङमा लोभलाग्दो अकबरे खुर्सानीखेती, बिक्रीबाट वार्षिक १८ करोड आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

-सङ्गीता राई, धरान (सुनसरी) । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो

मधेस प्रदेशमा नौ महिनामा जीवन बीमाबाट ११ अर्ब १६ करोड सङ्कलन

वीरगञ्ज। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन