‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने



काठमाडौं । कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने भएको छ । इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा बिहीबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो ।

नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरममा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ ।

नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाडौमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताइन् ।

नेपालबाट मेलामा सहभागी हुन गएका आइएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफी, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाण्डौमा हुने बैठकमा सहभागी हुन आउने जानकारी दिए ।

कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिएका छन् । पछिल्लो समय इण्डोनेसियामा नेपालीहरु पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसंगै व्यवसायीहरुको नेपालप्रतिको चासो बढेको देखिन्छ ।

नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ । इण्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निःशुल्क दिँदै आएको छ ।

नेपालले अन अराईभल भिसा दिए पनि शुल्क लिने गरेको छ । एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरुको फोरममा आशियान मुलुकहरु मध्य एक्लो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा

५५ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने