प्रसारण लाइन निर्माण गर्न प्राधिकरणद्वारा पुनः बोलपत्र आह्वान



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

भारतीय निर्माण व्यवसायी कम्पनी आईकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको थियो । प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार छनोट गर्न केही दिन पहिले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालका अनुसार, प्रतिस्पर्धामा सहभागी हुन चाहने इच्छुक कम्पनीलाई प्रस्ताव पेश गर्ने अन्तिम मिति आगामी मङ्सिर २ गतेसम्मका लागि तोकिएको छ ।

इच्छुक कम्पनीको प्रस्ताव एक महीनाभित्र मूल्याङ्कन गरी दातृ निकाय विश्व बैंकमा पठाइने उनले जानकारी दिए । विश्व बैंकबाट सहमति आएपछि ठेक्का सम्झौता हुनेछ । ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महीनाभित्र कम्पनीले काम गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ । कूल ११९ वटा खडा गरिएको छ भने १६ किलोमिटर मात्रै तार तानिएको छ । प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय मुद्रा कोषले-भन्यो नेपालमा वित्तीय क्षेत्रका कमजोरी तथा राजनीतिक अस्थिरता जस्ता जोखिमहरू कायमै

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड

प्रधानन्यायाधीशद्वारा उपभोक्ता अदालत उद्घाटन, कसरी गर्छ यसले काम ?

  काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

नारायण न्यौपाने, भक्तपुर । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन

स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी