मेगा बैंकले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण गर्न लागेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले एक अर्ब २२ करोड छ लाख ६३ हजार नगद लाभांश शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकका नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए ।

यस्तै मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्नेसम्बन्धी विषयमा दुवै बैंकबीच सैद्धान्तिक सहमति भएको छ ।

मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष सुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा

५५ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने