कृति शर्माको डेब्य अभिनय ‘रिटिङ र्‍याइँ र्‍याइँ’



काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ र्‍याइँ र्‍याइँ ’ सार्वजनिक भएको छ ।

भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द गीतकार राजेन्द्र थापाले लेखेका हुन् ।

अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ । डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भ्वाइससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन र कलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको

भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने

भक्तपुर ।  गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ ।

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला– २ का प्रतियोगीको भेट

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला–

वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्य प्रदर्शन

काठमाडौँ । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्य प्रदर्शन गरिएको