‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा



काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज मिति घोषणा गरेको हो । निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो फिल्म तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाँकन तराईका विभिन्न स्थानमा गरिनेछ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन र प्रदीप लामाको कोरियोग्राफी रहने छ । फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र हेर्न पुगेका दर्शकको गोपनीयता हुनु पर्दैन र ?

काठमाडौँ । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ

‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक

अनु सुवेदीलाई ‘मिस नेपाल क्यानडा’को उपाधि

काठमाडौँ । नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस नेपाल

फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको