बुद्ध लामाको “आफूभन्दा जेठी” ( भिडियोसहित)



काठमाडाैं । पहिलो नेपाल आइडल बुद्ध लामाले बिभिन्न स्वादका गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्द्दै आएका छन। यस पटक गायक लामाले आफ्नो शैली भन्दा केहि फरक स्वादको “आफु भन्दा जेठी” बोलको गीत सार्वजनिक गरेका छन ।
थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ ।

यस गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको  युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल ( युरेश)ले लेखेका हुन । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

म्युजिक भिडियोमा सम्पदा बानिया मनोज  सिग्देल फिचर्ड छन।सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई   चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका हुन भने सम्पादन बिनोद चौधरीको रहेको छ। सियोन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई दर्शक सोर्ता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ को मुनाफाबाट कप्तान अञ्जिला सुब्बाको घर बनाइने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको

चलचित्रको सेन्स नभएकाहरुलाई सेन्सर बोर्डबाट पदमुक्त गर्न सांसद शाहको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सेन्सरबोर्डले अनावश्यकरुपमा चलचित्रको सेन्सर गरेको

‘राजागञ्ज’बाट पत्रकार आरतीको चलचित्रमा अभिनय थालनी

काठमाडौँ । जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौँ । भीमदर्शन रोका स्मृति कोषले शनिबार काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा