महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रमः संस्कृति र पहिचान सिकाउने लक्ष्य



काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै (संस्थागत र सामूदायिक) विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ ।

काठमाडौँ महानगरपालिकाले पहिलो पटक स्थानीय पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले कक्षा १ देखि ८ सम्म अध्यापन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ । महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन् । संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।

पाठ्यक्रममा महानगर क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समावेश गरिएको छ ।

‘पाठ्यक्रम स्थानीय नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ््यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भनिन्, ‘ नेपालभाषामा तयार गरिएको पाठ्यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित हुने चरणमा छ । पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक तयार हुनेछ ।’

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिइन् । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उनले भनिन्, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो । वज्राचार्यकाअनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो ।

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताइन् ।

पाठ्यक्रम समितिका सदस्य वरुणप्रसाद वैद्यले पाठ्यक्रम नेपालभाषामा तयार गरिएको भए पनि यसको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताए । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उनको भनाइ छ ।

‘यो विषय पढाउन हामी शिक्षकहरूलाई एउटा तालिम पनि दिन्छौं । तालिम पाए पछि जुनसुकै शिक्षकले पनि सजिलै पढाउन सक्नुहुन्छ ।’ वैद्यले भने ।

स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको वार्षिक साधारणसभाबाट ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

पाटन (ललितपुर) । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए प्रधानमन्त्रीसमक्ष सपथ

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति