काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएकाहरुमा तत्कालीन सचिव अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल, बाबुराम पौडेल, चाँदमाला श्रेष्ठ, विनेश मुनकर्मी, राजाराम चौधरी, प्रदीप अधिकारीलगायत २१ जना छन् ।
उनीहरुसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

















प्रतिक्रिया