माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं । आज दिउँसोका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । धेरै स्थायी कमिटी सदस्यहरु काठमाडौं बाहिर रहेकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी स्वरुप माओवादी केन्द्रले आज बैठक बोलाएको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्र उत्साहित बनेको छ ।

शनिबार कापिलवस्तुमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णयसँगै राजनीतिले कोल्टो फेरेको बताएका थिए । उनले अब नयाँ सरकार गठनका लागि घनिभूत छलफल गर्ने र छिट्टै नयाँ सरकार गठन हुने सम्भावना रहेको बताएका थिए ।