बालुवाटारको धाराले दिएकै छ……


बहस

शीतलनिवासको धाराले दिएकै छ
बालुवाटारको धाराले दिएकै छ

नारायणहिटीको धाराले दिएकै छ
बुढानिलकण्ठको धाराले दिएकै छ

बलयगाढाको धाराले दिएकै छ
गुडगुडे–हुक्काको धाराले दिएकै छ
उखान–टुक्काको धाराले दिएकै छ

संसद विघटनको अधिकार नदिएको
त्यही एउटा संविानको धाराले त हो नि !

अर्जुन पराजुली ।