काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ माग्दै निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने भन्ने आरोप इनम सापकोटाको श्रीमतीले उजुरीमा उल्लेख गरेको विषयको वास्तविकता के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले भनेका छन्,’’काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरु विरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइ दिने !’ इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?’
उनले राष्ट्रिय मानव अधिकार आयोगमा सापकोटाले दिएको उजुरी झुटो हो वा राज्यको आडमा अपराधका योजनाहरू क्रमशः बनिरहेका छन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ मध्ये एक हो । ‘इनम प्रकरण’ लाई ‘सस्पेन्स थ्रीलर फिल्म’ का रुपमा होइन यसमा जोडिएका सम्पुर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ । षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दैछन् , अब पर्दा पुरै च्यातिनुपर्छ । वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ ।’

प्रतिक्रिया