सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को प्रचारप्रसारका लागि सुर्खेतमा र्याली आयोजना गरिएको छ। र्यालीमा प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, परिषद्का बोर्ड सदस्य तथा विषयगत उपसमितिका संयोजकहरूको सहभागिता रहेको थियो।
त्यस्तै, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरू, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रबिन चन्द, परिषद्का पदाधिकारी तथा खेलाडीहरू पनि र्यालीमा सहभागी भएका थिए।
र्यालीमा विभिन्न सांस्कृतिक झाँकीका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ब्याण्डले प्रस्तुति दिएका थिए। नगर परिक्रमा गर्दै निकालिएको र्याली कर्णाली प्रदेश रंगशालामा पुगेर सम्पन्न भएको थियो।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगितामा ३२ खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ।

प्रतिक्रिया