काठमाडौं । भारतको दुई दिने भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन साह आज साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री साह साँझ नयाँदिल्लीबाट स्वदेश फर्किएका हुन् ।
आइतबार भारत गएका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री, राष्ट्रपति, विदेशमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतीय सममकक्षी नरेन्द्र मोदीसँग आज द्धिपक्षीय भेटवार्ता गरेका थिए ।
द्धिपक्षीय वार्तापछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यसअवसरमा दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो भने पत्रकार सम्मेलनपछि २४ बुँदे सयुक्त विज्ञप्ति जारी गरिएको थियो ।
द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया