आज कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुँदैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ । कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् ।