कर्णाली याक्सले जनकपुरलाई दियो १३३ रनको लक्ष्य 


काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो । कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान गरे ।

 उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे । जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए ।