काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ विजयी भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरे भने आचार्यले २ हजार ३४२ मत पाए ।
उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
उपसभापतिको समावेशीतर्फ एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दा जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए ।

प्रतिक्रिया