काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् । देशमा बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै उनले यस वर्षको वडा दशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।
संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामा गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँको दुःखद निधन भएको उल्लेख छ ।
विपद्का कारण ठूलो जनधनको अपूरणीय क्षति भएकाले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको वडा दशैं सादगीपूर्वक मनाउने निर्णय भएको सूचनामा जनाइएको छ ।
साथै, यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको पनि संवाद सचिवालयले स्पष्ट पारेको छ ।


प्रतिक्रिया