काठमाडौँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाले एसएमएस अलर्ट जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको जनाएको हो ।
बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया