सुर्खेत । सुर्खेतको तीन स्थानमा जंगलमा लुकाइछिपाई राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका ७ सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका १ धामिसेनस्थित जंगलबाट १२ नाल र बराहताल गाउँपालिका १ ज्यामिरेस्थित जंगलबाट १ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया