पुसमा वडा र माघमा पालिका अधिवेशन गर्ने नेकपाको निर्णय, महाधिवेशन स्थानीय तहको निर्वाचनपछि


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको छैटौँ बैठकले कात्तिक ७ गते देखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन पार्टीको वडा अधिवेशन गर्ने निर्णयसमेत गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

त्यस्तै, आगामी माघ १५ गते देशभरका सबै पालिकामा एकैदिन अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशन गर्ने बैठकले निर्णय गरेको उनले बताए ।