काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज बिहानदेखि जारी मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएकोमा थप दुई घण्टा बढाएर साँझ ५ बजेसम्म कायम गरेको हो ।
समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि काठमाडौँमा मतदान भइरहेको छ ।


प्रतिक्रिया