काठमाडौँ । प्रदीप पौडेलले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले खुलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
उनी यसअघि पनि विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए । खुलाबाट दुई जना महामन्त्री चयन हुनेछन् । महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया