कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी, भन्छन्- तीन वर्षदेखि नै तयारी थियो


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् ।

महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए । उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन् ।

महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।