काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसंघीय सांसदसहित चार नेताले पार्टीका सबै जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन् ।
इन्दु कुमारी शर्मा, मो. युसुफ साफी, घनश्याम शर्मा र पुष्पराज चमनले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
शर्मा जसपा नेपालकी सदस्य तथा पूर्वसंघीय सांसद हुन्। साफी केन्द्रीय सल्लाहकार सदस्य, घनश्याम शर्मा केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभागका सदस्य र चमन जसपा नेपालका नेता थिए।
उनीहरूले पार्टीमा रहँदा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। साथै, अब ‘हुंकार मधेश’ नामक अभियानमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने उनीहरूले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।


प्रतिक्रिया