नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदै, खुल्लामञ्चमा उद्घाटन समारोह


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि खुल्लामञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार हुनेछन् । निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।