काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन विपरीत कसुर गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कसुर गरिएको भन्दै सो कारबाही गरेको हो ।
उक्त ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराए बापत कारबाही गर्ने प्रावधान छ । विभागले काठमाडौँ महानगरपालिका–१३ का साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै उक्त जरिवाना तिर्न निर्देशन दिएको विभागद्वारा प्रेषित पत्रमा उल्लेख छ ।
विभागले जरिवानाबापतको रकम आदेश प्राप्त भएको मितिले सात दिनभित्र राजस्व शीर्षक नम्बर १४३१२ मा दाखिला गरी बैंक भौचरको दोस्रो प्रति विभागमा पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया