एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए


काठमाडौँ ।  जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता ९एसियाड० २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी स्वस्तिका तामाङ र युवराज राना पहिलो चरणबाटै बाहिरिएका हुन् । चौबीस वर्षीय स्वस्तिका तेक्वान्दोको एकल पुम्सेतर्फको खेलमा पहिलो चरणबाटै बाहिरिइन् । उनले मात्र ६।५७ अङ्क जोडिन् । उनको समूहमा कुल आठ खेलाडी सहभागी थिए । उनी अन्तिम स्थानमा रहिन् ।

त्यसैगरी आजै भएको पुरुष एकल पुम्सेतर्फकै खेलमा नेपालका अर्का प्रतिद्वन्द्वी युवराज राना पनि पुछारमै रहे । चौबीस वर्षीय युवराजले प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै आउट भएका हुन् ।

यस विधामा कुल १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये उनको समूहमा आठ खेलाडी थिए । युवराज ७।०२ अङ्कका साथ आठौँ स्थानमा रहे । अब तेक्वान्दोको अन्तिम प्रतिस्पर्धामा अभिषेक बरालले पुरुष क्योरुगी ८० केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।