संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेट


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा. रहमानलाई बधाई दिदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

भेटका क्रममा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो।

सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो।