ललितपुरको धापाखेलमा पहिरोले ढल्यो पक्की घर


ललितपुर । ललितपुरको धापाखेलमा पहिरोले पक्की घर ढलेको छ । सोमबार बिहान ललितपुर महानगरपालिका–२४ धापाखेल स्थित सोबितकुमार थापाको साढे २ तले घर पहिरोले ढलेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले घर ढलेर खोलामा पुगेको छ । पहिरो जान थालेपछि आइतबार नै घरधनी आफन्तकोमा सरिसकेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।