बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन


बागलुङ । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो । 

जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी दिए। 

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशिराम आचार्य चयन सर्वसम्मत चयन भएका छन् । 

यसैगरी, गलकोट नगरपालिकामा हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित भएका छन् । उनले १७१ मत प्राप्त गरेका थिए ।  उनका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरे । 

ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन भएका छन् ।