काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो ।
आदेशमा दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहरसहित आजैका मितिबाट तारेखमा राख्न भनिएको छ । सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख छ ।
दाहालले ‘ग्रे–जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए । उनलाई साइबर अपराधको कसुरमा ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया