काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित कार्यक्रममा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।



प्रतिक्रिया