काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए ।
त्यसकै आधारमा सोमबार निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो । समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ । त्यसका लागि समानुपातिकतर्फ निर्वाचित भएका सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ।




प्रतिक्रिया