काठमाडौँ । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । जेनजी मुभमेन्ट एलायन्स, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
आइतबार पनि जेनजी समूहले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामै प्रदर्शन गरेका थिए । उनीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् ।
आयोगले गतसाता सरकारलाई प्रतिवेदन बुझाएपनि सरकारले सार्वजनिक गरेको छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया